‘ब्रान्ड’ बन्दै ‘जस्बिरे चिया’, विदेशमा १ लाख रुपैयाँसम्ममा बिक्री
विसं २०४२ मा पत्रकार तथा लेखक स्वर्गीय भैरव रिसाल एक परियोजनाका सिलसिलामा इलामको जस्बिरे आइपुग्दा उनले स्थानीयलाई आलुखेती मात्र सिकाएनन्, चिया रोप्न पनि प्रेरित गरे । रिसालले रोपिदिएको त्यही चियाको बिरुवा अहिले सुब्बा परिवारका लागि मात्र नभई यो क्षेत्रकै लागि एउटा बलियो ‘ब्रान्ड’ बनेको छ ।
