SHARE
पर्दाफास · सोमबार ३० चैत २०८२ ०१:०२ PM · 1 मिनेट पढाइ

चितवन जिल्ला अदालतले दियो रविलाई वारेस राख्ने अनुमति

चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेलाई वारेस नियुक्त गर्ने अनुमति दिएको छ । सोमबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले लामिछानेले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएको हो । लामिछानेले स्वास्थ्य समस्याका कारण नियमित रूपमा तारेखमा उपस्थित हुन नसक्ने अवस्था रहेको उल्लेख गर्दै वारेस राख्न अनुमति मागेका थिए ।