प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिको आयस्रोत सार्वजनिक गर्न एमाले–काँग्रेस सांसदको माग
प्रतिपक्ष दल नेपाली काँग्रेस र नेकपा एमालेका सांसदहरूले वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिको आयस्रोत तत्काल सार्वजनिक गर्न माग गरेका छन् । सोमवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै काँग्रेस सांसद रञ्जित कर्णले सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको आयस्रोतमाथि प्रश्न उठाउँदै त्यसको तत्काल जवाफ दिनुपर्ने बताए ।
