सरकारले दलहरूमाथि नै प्रतिबन्ध लगाउने खालका गतिविधि गरिरहेको छ : सांसद विष्ट
राष्ट्रिय सभाका सांसद नरबहादुर विष्टले सरकारले दलहरूमाथि नै प्रतिबन्ध लगाउने खालका गतिविधि गरिरहेको आरोप लगाएका छन् । सोमवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले सो आरोप लगाएका हुन् । सांसद विष्टले सरकारले दुई तिहाइको बलामा संविधान र कानुनमाथि आक्रमण गरिरहेको जिकिर पनि गरे ।
