दुष्प्रचार भएको भन्दै सांसद खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की सांसद खुस्बु ओलीले आफूविरुद्ध सामाजिक सञ्जालमा सुनियोजित रूपमा दुष्प्रचार गरिएको आरोप लगाउँदै नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा उजुरी दर्ता गराएकी छन् । सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै सांसद ओलीले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले भ्रामक सूचना फैलाइएको दाबी गरेकी हुन् ।
