SHARE
पर्दाफास · सोमबार ३० चैत २०८२ ०३:५९ PM · 1 मिनेट पढाइ

पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पैठारी गरिने वस्तुहरूमा अधिकतम् खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल समुद्रपार निकासी पैठारी सङ्घका प्रतिनिधिहरूबीच आज भएको छलफलले उपभोक्ता हित संरक्षण तथा बजार व्यवस्थापनलाई थप पारदर्शी बनाउने उद्देश्यका साथ एमआरपी अनिवार्य गर्ने निर्णय गरेको छ ।