SHARE
पर्दाफास · आइबार​ २९ चैत २०८२ ०४:३३ PM · 1 मिनेट पढाइ

मन्त्री प्रतिभा रावलको सम्पत्ति : बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी

संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको नाममा काठमाडौंको बूढानीलकण्ठमा ७० लाख रुपैयाँ मूल्य बराबरको जग्गा रहेको खुलेको छ । आइतबार सार्वजनिक गरिएको विवरण अनुसार बारामा ५० लाख रुपैयाँ मूल्यको अर्को जग्गा पनि रहेको उल्लेख छ। दुवै जग्गा खरिदको स्रोत श्रीमानको आम्दानी भएको उनले खुलाएकी छन्।