कृषि मन्त्री चौधरीको सम्पत्ति : ५० हजारको घडी, ९० हजारको मोबाइल, अन्य सम्पत्ति कति ?
कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनको नाममा घडी, मोबाइल, सुनचाँदी, बैंक मौज्दात तथा सवारी साधनलगायत सम्पत्ति रहेको देखिएको छ। विवरणअनुसार स्वआर्जनबाट करिब ५० हजार रुपैयाँ मूल्यको घडी रहेको उल्लेख गरिएको छ।
