नक्कली प्लेटमा ‘घुमिरहेका’ चार वटा गाडी प्रहरी फन्दामा
कोशी प्रदेशमा नक्कली नम्बर प्लेट जडान गरेर सवारी सञ्चालन गर्ने प्रवृत्ति अझै सक्रिय रहेको संकेत दिँदै इटहरी क्षेत्रमा चार वटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको संयुक्त चेकिङ अभियानमा ती सवारीहरू विभिन्न स्थानबाट फेला परेका हुन् ।
