SHARE
पर्दाफास · शुक्रबार​ २७ चैत २०८२ ०३:३७ PM · 1 मिनेट पढाइ

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

नवनियुक्त दुई मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री पदको शपथ खुवाएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार नै उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए । उनले रामजी यादवलाई श्रममन्त्री र गौरीकुमारी यादवलाई मन्त्री नियुक्त गरेका थिए ।