SHARE
पर्दाफास · शुक्रबार​ २७ चैत २०८२ ०३:५५ PM · 1 मिनेट पढाइ

नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन सुरु

‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आजदेखि सुरु भएको छ । उक्त सम्मेलनको प्रा डा वासुदेव त्रिपाठीले नेपाल तथा भारतका २७ जना प्राज्ञलाई सम्मेलनको प्रतीक चिह्न र सम्मेलनबारेका कृति प्रदान गर्दै शुभारम्भ गरे । सम्मेलन तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । सम्मेलनमा नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषा, साहित्यमा विद्यावारिधि गरेका प्राध्यापकहरूको सहभागिता रहेको छ ।