स्वीस बैंकमा नेपालीको अवैध रकमबारे गृहमन्त्रीको चासो
गृहमन्त्री सुधन गुरुङ र नेपालस्थित स्वीट्जरल्यान्डका राजदूत डा.डानिएल मैवलीबिच भेटवार्ता भएको छ । बुधबार गृहमन्त्रालयमा भएको भेटवार्तामा मन्त्री गुरुङले नेपालीहरूले अवैध रूपमा आर्जन गरेको पैसा स्वीस बैंकमा राखे/नराखेको विषयमाथिको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्। भेटमा राजदूत डानिएलले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिन्।
