अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ
सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका विवरण हेरफेर गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दिवाकर देउजा, भरत धामी, संजय भट्ट, भाष्करराज अर्याल, सागर कटुवाल र जीवनकुमार दास छन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई विभिन्न समयमा पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।
