उपसभामुखको चुनाव २७ चैतमा हुने
प्रतिनिधिसभाकाे उपसभामुख पदको निर्वाचन शुक्रबार हुने भएकाे छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली बमोजिम उपसभामुख पदको निर्वाचन शुक्रबारका लागि ताेकेका हुन् । प्रतिनिधिसभाको बुधबारकाे बैठकमा सभामुख अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पढेर सुनाएका थिए । संघीय संसद् सचिवालयले आजै निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने भएको छ ।
