केही शेयरपोइन्ट सर्भर ह्याकरहरुले र्यान्समवेयर प्रयोग गरिरहेको माइक्रोसफ्टको भनाई
माइक्रोसफ्टको असुरक्षित सर्भर सफ्टवेयर संस्करणहरूलाई लक्षित गरिएको साइबर जासुसी अभियान अब र्यान्समवेयर प्रयोगसम्म पुगेको माइक्रोसफ्टले बुधबार अबेर ब्लग पोस्टमार्फत जनाएको छ।
