SHARE
मकालु खबर · शुक्रबार​ ९ साउन २०८२ ०१:१९ PM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकका ग्राहकलाई जावेद हबीब सैलूनमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । बैंक र जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनबीच भएको सम्झौताअनुसार, ग्राहकहरूले काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा रहेको सैलूनबाट सेवा लिएमा छुटको सुविधा पाउनेछन् ।