SHARE
मकालु खबर · शुक्रबार​ ९ साउन २०८२ ०१:२५ PM · 1 मिनेट पढाइ

प्राकृतिक प्रकोपले प्रधानमन्त्रीको भिजन सफल हुन सकेको छैन : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्राकृतिक प्रकोपले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को भिजनलाई असर पारिरहेको बताएका छन् । शुक्रवार महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनल अहिले कतै अनावृष्टि, कतै अतिवृष्टिको अवस्था रहेको बताए ।