एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२ औं संस्करण पोखरामा
काठमाडौं । नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ आगामी भदौ २९ गते पोखरामा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रवार अवार्ड घोषणा कार्यक्रमा पहिलोपल्ट एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड काठमाडौंबाहिर लैजान लागेको जनाएको हो । २०६० सालदेखि निरन्तर आयोजना हुँदै आएको यो अवार्ड २२ औं संस्करण हो ।
