SHARE
कालिका खबर · बुधबार २० फागुन २०८२ ०७:४४ AM · 1 मिनेट पढाइ

मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ । भोलि देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । बुधवार गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकले मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको छ । बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू र  गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । बैठकमा निर्वाचनको तयारी र समसामयिक विषयमा छलफल भएको गृह मन्त्रालयकी उपसचिव रमा आचार्यले जानकारी दिइन् । उनले भनिन्– ‘सुरक्षा मजबुत बनाउन मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्नेबारे छलफल भएको छ ।