SHARE
कालिका खबर · बुधबार २० फागुन २०८२ ०८:३२ AM · 1 मिनेट पढाइ

मध्यपूर्वमा अमेरिकी सेनाको सबैभन्दा ठूलो अखडामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले एउटा ब्यालेस्टिक क्षेप्यास्त्रले कतारस्थित अमेरिकाको अल उदैद सैन्य बेसमा आक्रमण गरेको छ । अल उदैदमा अमेरिकी सेनाको विशाल सैन्य अखडा रहेको छ, जुन मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य बेस हो । यस आक्रमणको जानकारी मंगलबार ढिलो गरी कतारको रक्षा मन्त्रालयले दिएको हो । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इरानबाट कतारलाई निशाना बनाएर दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ । “हवाई रक्षा प्रणालीले सफलतापूर्वक एउटा क्षेप्यास्त्रलाई बीचैमा नष्ट गरिदियो, जबकि दोस्रो क्षेप्यास्त्रले अल उदैद कतारी बेसमा निशाना बनायो यसमा कोही पनि हताहत भएका छैनन्,” विज्ञप्तिमा भनिएको छ ।