SHARE
कालिका खबर · बुधबार २० फागुन २०८२ ०९:३३ AM · 1 मिनेट पढाइ

जनकपुरमा होलीको रौनक

जनकपुरधाम । जनकपुरधामसहित पौराणिक मिथिलाञ्चल क्षेत्रमा आज धुमधामका साथ होली पर्व मनाइँदै छ । भारत र नेपालका मिथिलाञ्चल क्षेत्रमा पर्ने स्थानहरुमा पूर्णिमाको एकदिन पछिमात्र होली मनाउने परम्परा रहेको छ । यस अवसरमा जनकपुरधामका विभिन्न स्थानमा मटका फोड्ने कार्यक्रम समेत गरिएको छ ।