SHARE
पर्दाफास · मङगलबार १९ फागुन २०८२ ०१:३९ PM · 1 मिनेट पढाइ

निर्वाचनको सम्पूर्ण तयारी पूरा, २३११२ मतदान केन्द्रमा पुगे कर्मचारी

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ का लागि गर्नुपर्ने सम्पूर्ण तयारीहरू पूरा गरेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार केन्द्रीय तहमा हुनुपर्ने सम्पूर्ण तयारीहरू सम्पन्न भइसकेका छन् । आयोगको टोली माघ २ गतेदेखि नै सबै निर्वाचन क्षेत्रमा पुगेर मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गरिसकेको बताए ।