रिलायन्स स्पिनिङ मिल्सको दोस्रो त्रैमासिक आम्दानी ४ अर्ब ७९ करोड, खुद नाफा १३ करोडभन्दा बढी
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा कुल चार अर्ब ७९ करोड दुई लाख ९१ हजार १६३ रुपैयाँ आम्दानी गरेको छ । बिहीबार (माघ २९) कम्पनीद्वारा सार्वजनिक दोस्रो त्रैमासिक वित्तीय विवरणानुसार, यो अवधिको खर्च चार अर्ब १९ करोड नौ लाख एक हजार ८१ रुपैयाँ छ । कम्पनीका अनुसार, ३२ करोड ९८ लाख ४८ हजार ३४५ रुपैयाँ सञ्चालन नाफा छ । कम्पनीले १३ करोड ७४ लाख ३५ हजार ४१४ रुपैयाँ खुद नाफा कमाएको छ । यो अवधिमा उक्त कम्पनीको प्रतिसेयर नेटवर्थ बढेर ४९०.५४ रुपैयाँ पुगेको जनाइएको छ ।
