SHARE
कालिका खबर · बिहीबार २९ माघ २०८२ ११:२७ AM · 1 मिनेट पढाइ

ऐतिहासिक सिम्रौनगढ पर्यटकीय क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने : आजपा बारा–१ का उम्मेदवार बिजय यादव

कलैया, २९ माघ । आम जनता पार्टी (आजपा)का सचिवालय सदस्य एवं बारा–१ का उम्मेदवार विजय यादव ‘निर्विज’ले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै चुनावी अभियानलाई तिब्रता दिएका छन् । बाराको कोल्हवी स्थित आजपाको निर्वाचन परिचालन सम्पर्क कार्यालयमा यादवले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै देशमा बढ्दो निराशा, भ्रष्टाचार, दलाली प्रवृत्ति र कमजोर शासन व्यवस्थाको अन्त्य सहित शासन व्यवस्थामा आम जनताको प्रत्यक्ष संलग्नताका लागि आफूले उम्मेदवारी दिएको जनाएका छन् ।