SHARE
कालिका खबर · बिहीबार २९ माघ २०८२ ०१:४२ PM · 1 मिनेट पढाइ

आजपाले शुक्रबार घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं, २९ माघ । आम जनता पार्टी (आजपा)ले शुक्रबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि घोषणापत्र लेखनकार्य सम्पन्न भएकाले पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गर्न लागिएको हो । काठमाडौंको भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लबमा शुक्रबार बिहान ११ बजे पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनि गर्ने कार्यक्रम रहेको आजपा कार्यालय सदस्य रविन्द्र सिंहले जनाएका छन् । आजपा अध्यक्ष प्रभु साह, नेता ऋषी धमला लगायतको विशेष उपस्थितिमा घोषणापत्र सार्वजनिक गर्न लागिएको छ ।