एसपी मिश्रको नेतृत्वमा मानव बेचबिखनविरुद्ध कडाइ : पर्साबाट १३७ महिला तथा किशोरीको उद्धार
दिपु वर्णवाल वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जिम्मेवारी सम्हालेको छोटो अवधिमा नै मानव बेचबिखन तथा गैरकानूनी गतिविधिविरुद्धको कारवाहीमा उल्लेखनीय सफलता हात पारेका छन्। एसपी मिश्रले २०८० साल पुस २३ गते जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी सम्हालेका थिए। उनी नेतृत्वमा गएको ६ महिनाको अवधिमा (पुस २३ देखि हालसम्म) पर्सा प्रहरीले मानव बेचबिखनको जोखिममा परेका १३७ जना किशोरी, युवती र महिलालाई सकुशल उद्धार गरेको छ।
