एनआरएनए नर्दर्न टेरिटोरीमा भवानी पौडेलको नेतृत्वमा टिम, सहसचिवमा उद्धव खड्काको स्वतन्त्र उम्मेदवारी
अस्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया, नर्दर्न टेरिटोरी (NT) राज्य समन्वय परिषद् (SCC) को २०२५–२७ कार्यकालका लागि निर्वाचन आगामी २६ जुलाईमा हुने भएको छ। यसअघि समुदायमै लामो समयदेखि सक्रिय रहेका नेताहरूको टिमले उम्मेदवारी घोषणा गरेका छन्। भवानी पौडेल राज्य समन्वयक, रविन भुसाल सह-समन्वयक, आकाश बीसी सचिव, सन्दीप भुसाल कोषाध्यक्ष, हेम पौडेल र जनक बहादुर सिंह सदस्यका रूपमा उम्मेदवार बनेका छन्। महिला समितिमा श्रीजना भण्डारी महिला समन्वयक र प्रमिला खड्का सह-महिला समन्वयकका रूपमा, युवा समितिमा अनुपम ढुङ्गाना युवा समन्वयक र निरन खड्का सह-युवा समन्वयकका रूपमा उम्मेदवारी दिएका छन्।
