लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५०६ जनाको ज्यान गयो
लुम्बिनी । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ५०६ जनाको ज्यान गएको छ । जुन अघिल्लो आवको तुलनामा बढी हो। आव २०८०/८१ मा प्रदेशमा सवारी दुर्घटनामा ४९६ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । गत आर्थिक वर्ष २०८१/८२ भएका तीन हजार ४७९ सवारी दुर्घटनामा पाँच हजार ६९१ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार ट्राफिक प्रहरीले सवारीसाधनको जाँच र कारबाहीलाई तीव्र बनाइ रहँदा सवारी दुर्घटनाका घटनामा भने वृद्धि भएको जनाएको छ ।
