SHARE
कालिका खबर · सोमबार ५ साउन २०८२ ०९:०० AM · 1 मिनेट पढाइ

युवकको हत्या आरोपमा युवती पक्राउ

धनुषा  । महोत्तरीको पर्सा गाउँपालिका–१, पर्सा टोल बस्ने ३२ वर्षीय विमलेश यादवको हत्या गरेको आरोपमा युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा–४ मा डेरा गरी बस्ने २१ वर्षीया जुली झा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन गर्दैजानकारी दियो। राती १० बजेको समयमा जनकपुरधामस्थित जिरोमाइलमा रहेको होटल एसपी एण्ड गेष्ट हाउसमा युवक यादवको हत्या गरेको जानकारी दियको छ । शनिबार राति करिब साढे ३ बजेको समयमा यादव होटलमा मृत भेटिएका थिए।