आइटी आर्मीको चौथो स्थापना दिवस बिभिन्न कार्यक्रम गरी देशैभरी मनाइदै
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आइटी आर्मीको चौथो स्थापना दिवसको अवसरमा आज (सोमबार) बिभिन्न कार्यक्रम गरी देशैभरी मनाइदैछ । पार्टीको युवा संगठनले आज देशैभरी बिभिन्न रचनात्मक कार्य गर्दै स्थापना दिवस मनाएका छन् । काठमाडौं सहित देशैभरी बिभिन्न मठमन्दिरमा सरसफाई गरिएको छ । अस्पतालहरुमा विरामीलाई फलफुल वितरणका साथै खानेपानी वितरण कार्य गरिएको छ । यस्तै बृक्षारोपनका साथै आजै साझ बिभिन्न ठाउँमा दिप प्रज्वलन कार्यक्रम समेत राखिएको आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले जनाएका छन् । बाराको काटघाट स्थित शिवमन्दिरमा भक्तजनहरुलाई जुस वितरण गरिएको छ ।
