बुटवल । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी आगामी प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट उम्मेदवारी दिने तयारीमा रहेका छन् । एमालेबाट टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिने विकल्पमा समेत उनी अघि बढेको पारिवारिक स्रोतले जनाएको छ ।