SHARE
बासुरी खबर · बुधबार ३० पु २०८२ ०८:३७ AM · 1 मिनेट पढाइ

बाह्रविसे ३ का ५५ विद्यार्थीहरूलाई ट्र्याक सुट वितरण

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका वडा नम्बर ३ मा रहेको तीनवटा विद्यालयहरूका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। वडा नम्बर ३ मा रहेको बागेश्वरी आधारभूत विद्यालय, गणेश आधारभूत विद्यालय र किलेश्वरी आधारभूत विद्यालयका ५५ विद्यार्थीहरुलाई ट्र्याक सुट, टिसर्ट र जुत्ता वितरण गरिएको वडा अध्यक्ष जीवनकुमार भण्डारीले जानकारी दिए ।