SHARE
अर्थ संवाद · शनिबार १९ पु २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

विरुवा उत्पादन गर्दै महिला कामदार

बाँके । डिभिजन वन कार्यालय बाँकेको नर्सरीमा यस वर्षको वृक्षारोपण कार्यक्रमका लागि विरुवा उत्पादनको काम तीव्र गतिमा अघि बढाइएको छ । सोही क्रममा नर्सरी परिसरमा महिला कामदारहरू पोलिब्यागमा माटो भर्ने, बेड तयार गर्ने तथा बिरुवा रोप्ने कार्यमा सक्रिय रूपमा जुटिरहेका छन् ।कार्यालयका अनुसार यस वर्ष आठ वटा नर्सरीमार्फत विभिन्न जातका फलफूल, काठ तथा बहुउपयोगी प्रजातिका बिरुवाहरू उत्पादन गरी स्थानीय उपभोक्ता, सामुदायिक वन तथा विभिन्न सार्वजनिक संस्थालाई वितरण गर्ने तयारी गरिएको छ ।विरुवा उत्पादन अभियानमा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको छ, जसले उनीहरूको जीविकोपार्जनमा समेत टेवा पु¥याउने विश्वास गरिएको छ ।नर्सरीमा भइरहेको यो गतिविधिले हरियाली प्रवद्र्धन, वन संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।