SHARE
बासुरी खबर · शुक्रबार​ १८ पु २०८२ ०२:०० PM · 1 मिनेट पढाइ

शिक्षा क्षेत्रको समस्या बोलेर नभई काम गरेर समाधान हुन्छ : मन्त्री तामाङ

मेलम्ची । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ (समिर) ले विद्यालयको विकासको लागी सधैं आफ्नो तर्फबाट पहल गर्ने बताए । साथै विद्यालको समस्या समाधानका लागी आफु निरन्तर लागिरहेको भन्दै आफु बोल्ने भन्दा पनि काम गरेर देखाउने ब्यक्ति भएको बताएका छन् ।