SHARE
बासुरी खबर · सोमबार १४ पु २०८२ ०२:३१ PM · 1 मिनेट पढाइ

सिन्धुपाल्चोकमा कूल मतदाता २ लाख ७५ हजार नजिक

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा मतदाता सङ्ख्या करिब दुई लाख ७५ हजार नजिक पुगेको छ। निर्वाचन आयोगको विवरण अनुसार दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर रहेको यस जिल्लामा कूल २ लाख ७४ हजार ९९८ जना मतदाता रहेका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ३६ हजार ९८५ जना मतदाता रहेका छन्।