SHARE
मकालु खबर · सोमबार ५ साउन २०८२ ०२:५९ PM · 1 मिनेट पढाइ

गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट नहुने

गोरखा । गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिएको छ । आर्थिक वर्ष २०८२/०८३ सुरू भएसँगै भूउपयोग नियमावलीअनुसार जग्गाको वर्गीकरण नगर्दा गोरखा नगरपालिका, चुमनुब्री, धार्चे, सिरानचोक र भीमसेनथापा गाउँपालिकामा जग्गाको कित्ताकाट रोकिएको हो । मालपोत कार्यालयले ती पालिकाको कित्ताकाट नहुने भएपछि जग्गा खरिदबिक्री पनि रोकिएको जनाएको छ ।