SHARE
पर्दाफास · बुधबार ९ पु २०८२ १२:५२ PM · 1 मिनेट पढाइ

विदेशमा बस्नेले नकारात्मकता मात्रै फैलाउने काम गरे : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धेरै सम्भावनाहरू भएपनि विदेश बस्नेहरूले नकारात्मकता मात्रै फैलाउने काम गरेको आरोप लगाएका छन् । नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि ‘लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन’ विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।