SHARE
बुटवल टुडे · शुक्रबार​ ४ पु २०८२ ०८:१२ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार

काठमाडौं ४ पुस । सरकारले २३ र २४ भदौमा भएको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा जीवन निर्वाह भत्ता दिने भएको छ । घाइतेहरूको अपाङ्गताको अवस्था र गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।