SHARE
बुटवल टुडे · शुक्रबार​ ४ पु २०८२ ०८:२३ AM · 1 मिनेट पढाइ

खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरीको भर्ना तथा छनौट शाखाले साधारण समूह, साधारण उपसमूह, प्राविधिक समूह र स्वास्थ्यतर्फका रिक्त पदहरू खुला प्रतियोगितामार्फत पदपूर्ति गर्ने सूचना प्रकाशित गरेको हो ।