सरकार र जेनजीबीच भएको सम्झौताविरुद्ध दायर रिटमा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले सरकार र जेनजीबिच भएको सम्झौताविरुद्ध दायर रिटमा कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालय मार्फत लिखित जवाफ पेश गर्न सरकारको नाममा आदेश जारी गरेको हो । सरकार र जेनजीबिच गत मंसिर २४ गते १० बुँदे सम्झौता भएको थियो ।
