SHARE
पर्दाफास · शुक्रबार​ ४ पु २०८२ १२:५९ PM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलद्वारा निर्वाचन सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिस अनुसार शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका हुन् । सरकारले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न बिहीबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।