SHARE
पर्दाफास · शुक्रबार​ ४ पु २०८२ ०१:०७ PM · 1 मिनेट पढाइ

श्रममन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको जिम्मा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले खानेपानी मन्त्रालयको कार्यभार पनि सम्हाल्ने भएका छन् । यसअघि प्रधानमन्त्री सुशीला कार्कीले उक्त कार्यभार सम्हाल्दै आएकी थिइन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसमा मन्त्री भण्डारीलाई आज खानेपानी मन्त्रालयको जिम्मा दिएका हुन् ।