SHARE
पर्दाफास · शुक्रबार​ ४ पु २०८२ ०२:४६ PM · 1 मिनेट पढाइ

लमहीस्थित सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने अभियुक्त पक्राउ

दाङ प्रहरीले लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–४ काभ्रे निवासी ३३ वर्षीय लेखराज केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।