मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। शुक्रबार बसेको प्रदेश सभाको बैठकमा यादवले विश्वासको मत पाएका हुन्। उनले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको छ। उनले राखेको विश्वासको मतको पक्षमा ९२ मत परेको थियो। विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन्।
