महासेनानी विजय केसी र भीमशंकर वन सहायक रथीमा बढुवा
नेपाली सेनाका दुई जना महासेनानी सहायक रथीमा बढुवा भएका छन्। महासेनानी विजय केसी र भीमशंकर वन सहायक रथीमा बढुवा भएका हुन्। नेपाली सेनाको बढुवा सिफारिस समितिको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त दुई सहायक रथीपदमा उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको हो।
