हर्क साम्पाङको पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटा पाख्रिपास नगरपालिका ९ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका ११‚ कपन बस्ने ५० वर्षीय राजकुमार तामाङ लामा छन्।
