रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई, कतार पठाइदै
नेपाल सरकारले कतारलाई उपहार दिन लागेका दुई वटा हात्तीको सौराहाबाट विदाई गरिएको छ । चितवनस्थित सौराहामा सोमवार एक कार्यक्रमको आयोजना गरी रूद्रकली र खगेन्द्रप्रसाद नाम गरेका दुई हात्तीलाई विदाई गरिएको हो । हात्तिहरुलाई वैदिक विधिअनुसार पूजा गरेर फूल माला लगाई फलफूल खान दिएर बिदाई गरिएको थियो ।
