SHARE
पर्दाफास · सोमबार २९ मंिर २०८२ ०१:२१ PM · 1 मिनेट पढाइ

एमाले फुट्दैन, अझ सशक्त भएर अघि बढ्छ : पृथ्वीसुब्बा गुरुङ

नेकपा (एमाले) का निःवर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा हुने प्रतिष्पर्धालाई लिएर पार्टी नफुट्ने दाबी गरेका छन् । सोमवार भृकुटीमण्डपमा जारी पार्टी महाधिवेशनको बन्दसत्र स्थलमा पार्टीको संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवारी दिने तयारी गरिरेका उनले सो टिप्पणी गरे । निःवर्तमान उपमहासचिव गुरुङले एमाले प्रतिष्पर्धामा विश्वास गर्ने पार्टी भएकाले पराजित भएकाहरुले पार्टी छोडने काम नगर्न जिकिर गरे ।