१० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर
नेकपा (एमाले)ले १०औँ महाधिवेशनकै कमिटीअनुसार पार्टी संरचना निर्माण गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी एघारौँ महाधिवेशनबको बन्दसत्रबाट पार्टीले उक्त प्रश्ताव पारित गरेको पार्टीकी सचिव पद्मा अर्यालले जानकारी दिइन् । उनले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षता गरिरहेका बन्दसत्रको हलबाट १९ पदाधिकारी र ३०१ जनाको केन्द्रिय कमिटी चयन गरिने बताइन् ।
