भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईको गोप्य सिम र करोडौंको खेल
भिजिट भिसा दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव तिर्थराज भट्टराईसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले २०८ पृष्ठ लामो आरोपपत्र दर्ता गर्दै भट्टराईले अध्यागमन प्रणालीलाई नै ‘घुसको केन्द्र’ बनाइदिएको ठहर गरेको छ।
